१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

ढिस्कोले पुरिएर बालीकाकोे मृत्यु एक घाइते


७ चैत, डोटी । डोटीको दिपाएलमा नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना हुदा फुपुको घर आएकी तीन वर्षीया निसा बलाएरको मृत्यू भएको छ भने ५६ वर्षीया चेत साहु घाइते भएका छन् ।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा वालीकाको मृत्यू भएको हो ।

घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १५:४९