इङ्ग्लिस प्रिमियरसिपः लिभरपुललाई १६ अंकको अग्रता
२५ फागुन, काठमाडाैँ । इङ्ग्लिस प्रिमियरसिपका गए राती एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिग लिडर लिभरपुलले साउथ हाम्टानलाई ३–१ ले हराएको छ । यो जितसँगै लिभरपुलले प्रिमियरसिपमा दोश्रो स्थानमा रहेको आर्सनल सँग १६ अंकको अग्रता कायम गरेको छ । यद्यपि आर्सनलले २ खेल कम खेलेको छ ।
पहिलो हाफको इन्जुरी समयमा विल स्मलबोनले गोल गर्दै साउहाम्टनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५१ औँ मिनेटमा डर्विन नुनेजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। ५५ औँ मिनेटमा नुनेजलाई नै फल प्रहार भएपछि पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे। त्यसपछि खेलको ८८ औँ मिनेटमा फेरि पाएको पेनाल्टीमा मोहम्मद सलाहले अर्को गोल गर्दै लिभरपुललाई ३–१ को प्रष्ट जितको बाटोमा पुर्याएका हुन् ।
यो सिजनमा सलाहको २७ औँ गोल हो । यो जितसँगै लिभरपुलको ७० अङ्क छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५४ अङ्क छ । शनिबार राति नै सम्पन्न भएको अन्य खेलहरुमा नटिङघम फरेस्टल सँग म्यानचेस्टर सिटी १–० पराजित भएको छ । कालुम हडसन कोलाइको गोलमा नटिङघम फरेस्टले सिटीलाई हराएको हो । ब्रिङटनले फुलहामलाई २–१ ले हरायो । यसैगरी, अस्टन भिल्लाले पनि ब्रेन्टफोर्डसँगको खेलमा १–० को सफलता पायो। उल्भ्स र एभरटन बिच १–१ गोलको बराबरी भयो भने त्रिस्टल प्यालेसले इप्सविचलाई १–० ले हरायो ।
प्रकाशित मिति : 13:53













