५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

तोलामै १४०० ले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२० फागुन, काठमाडौँ । आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको छ।

साेमबार सुनको मूल्य स्थिर रहेको थियो। उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार १०:४२