महिन्द्रा केयर फेस्ट २०८१ आइतबारबाट सुरु, उपभोक्ताका लागि अफरै अफर
१८ फागुन, काठमाडौँ । महिन्द्रा केयर फेस्ट २०८१ आइतबारबाट सुरु भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले यही फाल्गुण २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गरेको हो ।
यस कार्यक्रमको उद्घाटन कुपण्डोलमा रहेको सर्भिस सेन्टरमा कलाकार निर्मल शर्मा, अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकारले संयुक्त रूपमा गर्नुभयो ।
सो अवसरमा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य उपभोक्ताहरूको पनि उपस्थिति रहेको थियो । महिन्द्रा केयर फेस्टमा ४५–पोईन्ट चेकअप क्याम्प पनिसँगै रहेको छ । यो महिन्द्रा केयर फेस्टमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरुको पनि लाभ लिन सकिने अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले जानकारी दिनुभयो ।
महिन्द्राका ग्राहकवर्गले नेपालभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना
गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।
साथै अग्नि ग्रपुको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राको कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । साथै महिन्द्राको सर्टिफाइड प्रिवन्ड गाडी खरिद गर्नुपरेमा आकर्ष अफर पनि ल्याएको छ । यो सेवा काठमाडाैँ, भैरहवा, इटहरी, पोखरा र चितवन शाखाहरूमा उपलब्ध रहेको छ । साथै ग्राहकहरूले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरू १६६००-१००-२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल)मा सम्पर्क गर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार २१:५७