२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

१३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विवरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सिट खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि अझै केही सङ्ख्या बाँकी रहेकाले आवेदन दिन आह्वान गर्नुभएको हो ।

“शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस जना, पोस्ट ग्रयाजुएट इञ्जिनियरिङमा सात, एग्रिकल्चरमा तीन, पीएचडी इञ्जिनियरिङमा एक, भेटेरिनरीमा एक, आइटीमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसनमा एक सिट अझै खालिरहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिनुहोला”, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।

उहाँले निवेदन [email protected] मा इमेल गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : 19:03