२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

धुलिखेलमा बस दुर्घटना, १७ जना घाइते

१३ फागुन, काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बीपी राजमार्गमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर  १७ जना  घाइते भएका छन्।

काठमाडौँबाट रामेछापतर्फ गइरहेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो ।

बसमा सवार चालक र सह-चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

घटनापछि अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी निरीक्षक हरि बहादुर काफ्लेको नेतृत्वमा चार जना ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 11:06