३० बैशाख २०८२, मंगलवार | Wed May 14 2025

ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

१३ फागुन, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारणर्फको ८ लाख ७३ हजार ६१।२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन कम्पनीले जनाएको छ  । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कहाँ दिने आवेदन ?

लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको शाखा कार्यालयहरुः विराटनगर, बिर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौडा, नरायणगढ,पोखरा बाग्लुङ, बुटवल,घोराही, नेपालगञ्ज, सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन २८ गते रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ०८:३४