११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अष्ट्रेलियामा अर्को नेपाली संस्था- एशोशियसन अफ नेपाली ओरिजिन

सिडनी । डम्वर ढुङ्गेलको अध्यक्षतामा एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ) अष्ट्रेलिया शाखा गठन भएको छ ।

यसै गरी उपाध्यक्षमा दिनेश खतिवडा, महासचिव गंगा विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् । भने सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन् ।

पुर्खेउली थाक थलो नेपाल भएर नेपाल, भुटान, वर्मा, भारत लगायत देशबाट विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताउनु भयो । नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेको उहाले बताउनु भयो । अष्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै अष्ट्रेलियाका लागि नेपाल दुत चित्र लेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौ भन्नु भयो । उहाले नेपाली भाषी समुदायलाई नेपालको संमृद्धिमा क्रियाशिल हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य गिता वाग्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेप्लिज जर्नालिस्ट एशोशियसन एन्जा अध्यक्ष कृष्ण तिवारी, एएनओ उपाध्यक्ष ओम गुरुङले नेपाली समुदायको एकताले नेपालको संमृद्धिमा प्रवासीको भुमिका वारेमा धारणा राख्नु भएको थियो ।

गत वर्ष मार्च २४ मा थाईल्याण्डको बैककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मुलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए । यस अघि यसको शाखा वेलायत, पोर्चुगलमा गठन गरिसकिएको छ ।

प्रकाशित मिति : February 25, 2025 at 6:05 am