२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

आज सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

१२ फागुन, काठमाडौँ ।  सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १२:१८