१४ बैशाख २०८२, आईतवार | Mon Apr 28 2025

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

११ फागुन, काठमाडाैँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीका लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि, ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।

उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार ०७:४३