प्रेस चौतारी एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरि थापा
८ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरि थापा निर्वाचित हुनुभएको छ । बुधबार अवेर काठमाडौँमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा थापा पुनः निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अमिर लामाले जानकारी दिनुभयो ।

अधिवेशनबाट उपाध्यक्षमा रघुनाथ सापकोटा र स्वस्तिका थापा निर्वाचित हुनुभएको छ । महासचिवमा मनोज न्यौपाने तथा कोषाध्यक्षमा विक्रम सुनार, सचिवमा अजमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ र दीपक सुनार निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सदस्यहरूमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र प्रजापती, प्रवीण किराँती र विन्दु अधिकारीलाई चयन गरेको छ ।

यसैगरी नवीन गिरी, रुपक केसी, तेज नारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठ, कमल प्रसाईँ, शुष्मा लामा, अमिशा रिसाल, पूर्णिमा शाक्य, आशिष पौडेल र प्रतिमा मुडभरी निर्वाचित हुनुभएको छ । अधिवेशनमा एमाले उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्यमा विजयी हुनुभएको पवित्रा मुडभरीसहित प्रदेश कमिटीमा निर्वाचित प्रेस चौतारीका सदस्यहरूलाई सम्मानित गरिएको थियो ।

यस्तै चौतारी केन्द्रको तर्फबाट पूर्व इन्चार्जहरू तोकिएका सइन्द्र राई, ध्रुव लम्साल र र रामेश्वर कार्कीलाई सम्मान गरिएको थियो भने संस्थापकको रूपमा डिबी खड्कालाई सम्मानित गरिएको थियो ।

अधिवेशनकै अवसर पारेर शिक्षा पत्रकारितामा विधागत योगदान गरे वापत राससका वरिष्ठ संवाददाता समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक प्रकाश सिलवाल सम्मानित हुनुभयो ।

सो अवसरमार १५ हजार पाँच सय पचपन्न रूपैयाँ राशिको श्यामसुन्दर पुडासैनी स्मृति पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकममा कार्यरत विष्णु शर्मा पुरस्कृत हुनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार ०८:१३






