५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

५ फागुन, काठमाडौँ . सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार ११:१८