७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

बेलुन पड्किएर अर्थमन्त्री र पाेखराका मेयर घाइते, अस्पताल लगियो (भिडिओ)

३ फागुन, पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुनमा आगो लागेर पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको  छ ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानरको दुबै साइटमा बेलुन झुण्डाइएको थियो । तर, उक्त बेलुन आगोमा परेपछि पड्किएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार १४:०८