विधागत पत्रकारितामा पनि पस्यो प्रेस चाैतारी, बलरामको अध्यक्षतामा नयाँ शाखा घोषणा
३० माघ, काठमाडौँ । आर्थिक विषयमा केन्द्रीत रहेका विधागत पत्रकारिता गरिरहेका पत्रकारहरू संगठित गर्न प्रेस चौतारी सफल भएको छ । प्रेस चौतारी नेपाल एशोसियट प्रदेशका इन्चार्ज समिर बलामीका अनुसार मंगबालर अनामनगर भएको प्रदेशको पूर्ण बैठकमा प्रेस चौतारी नेपाल अर्थ पत्रकार शाखाको घोषणा भएको छ ।
जसको अध्यक्षमा बलराम बुढाथोकी, उपाध्यक्षमा नमिता दुलाल, कोषाध्यक्षमा आशुतोष अर्याल, सचिवमा प्रसन्न ढुंगाना चयन हुनुभएको छ । त्यस्तै सह(सचिवद्धयमा चुडामणि उप्रेती र निरोज खत्री चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा मनिष सोती, राम बहादुर तामाङ्ग, साईराम उपरकोटी, सीता बुढाथोकी, दिवश गौतम, प्रमिला भट्ट र नरेश बोहरा चयन हुनुभएको छ ।

प्रेस चौतारीको सदस्य बन्न नेकपा एमालेको कार्यकर्ता हुनै पर्ने शर्त नभएको र आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको समस्या समाधान गर्दै क्षमताअभृवृद्धिमा योगदान गर्न सहजहोस् भनेर नयाँ शाखा घोषणा गरिएको प्रदेश अध्यक्ष श्रीहरि थापाले जानकारी दिनुभयो ।
सो बैठकमा एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं स्थायी कमिटी सदस्य भानु भक्त ढकालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो । उहाँ नयाँ घोषणा भएको शाखामा चुनिएका पदाधिकारी र सदस्यलाई माला लगाएर बधाई ज्ञापन गर्नुभएको थियो ।

बैठकका प्रमुख अतिथि प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले संगठनको केन्द्रीय कार्यालय र सदस्यको कुनै टुंगो नभएको भन्दै यस्तो भन्नुपर्दा आफैँलाई लाज लागेको बताउनुभएको थियो । सो अवसरमा अर्का उपाध्यक्ष राजेश राईले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।
प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १५:४३






