सानिमा जिआईसी इन्स्योरेन्सद्धारा लाभांश घोषणा
२५ माघ, काठमाडाैँ। सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार १२:४१