कमलपोखरीकाे मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
२४ माघ, काठमाडौँ । काठमाडौँको कमलपोखरी क्षेत्रमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । उक्त क्षेत्रमा रहेको सानदार मःम पसलमा आज बिहान ठूलो आवाजका साथ ग्याँस सिलिण्डर विष्फोट भएको हो ।
विष्फोटपश्चात सुरक्षाकर्मी र एम्बुलेन्स पुगेका छन् । घटनामा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार ०९:४६