ओशियाना नेपाली खेलकुदका लागि एडिलेडमा खेलाडी दर्ता आव्हान
एडिलेड । ओशियाना नेपाली खेलकूद मिट २०२५ (ONSM Games) को छैठौं संस्करण अप्रिल १८-२० वेस्टन अष्ट्रेलियाको पर्थमा आयोजना हुने भएको छ ।
ओशियाना क्षेत्रमा रहेका नेपाली समुदायहरु बीच ‘मिनी ओलम्पिक’ खेलकूदको अवधारणामा हरेक दुई-दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ । यहि क्रमममा साउथ अष्ट्रेलियाबाट दश खेलमा सहभागी हुन लागिएको प्रतियोगिता का लागि साउथ अष्ट्रेलिया संयोजक सुपक अधिकारीले बताउनु भयो । जसमा फुटबल क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, पौडी, गल्फ र दौड (५ किमी) रहेका छन् । उहाले १० खेलमा यहा रहेका खेलाडीहरुले तोकिएको फर्म भरेर तोकिएका प्रतियोगितामा सहभागी हुन सक्ने बताउनु भयो ।
ओशियाना नेपाली खेलकूद मिटका सल्लाहकार तथा एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका अध्यक्ष विजय जोशीले क्रिकेट, लन टेनिस, गल्फ र दौडका लागि तयारी शुरु भैसकेको बताउनु भयो ।
ईच्छुक खेलाडीहरुले विजय जोशी ०४२१ १०२ ४३७, थिर गुरुङ ०४३३ ८२२ ८७६, सन्तोष जंङ अधिकारी ०४१२ ६११ १३५ र सुपक अधिकारी ०४१५६१२५५९ लाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
राजधानी क्यानवेरामा २०२३ मा आयोजित पाचौ ओशियाना नेपाली खेलकुद मिटमा क्रिकेटले स्वर्ण पदक सहित लन टेनिस, दौड र गल्फमा साउथ अष्ट्रेलियाका खेलाडीहरुले पदक जित्न सफल भएका थिए ।
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार ०२:४६