३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

अष्ट्रेलियाको पर्थमा मनाईयो भव्य सोनाम ल्होछार

अष्ट्रेलिया । अष्ट्रेलियाका पश्चिमीको शहर पर्थमा सोनाम ल्होछार भव्य रुपमा मनाइएको छ। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ पर्वका रुपमा सोनाम ल्होसार मनाउने गर्दछन्।

मञ्जुश्री पात्रोअनुसार गत बिहिबार बाट २८६१ औं वर्ष सुरु भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। पर्वको अवसरमा शनिवार एक कार्यक्रमको आयोजना गरी तामाङ सोसाइटी अफ पर्थ बेस्टर्न अष्ट्रेलिया ले ड्रागन वर्षलाई बिदाई गरी सर्प वर्षलाई स्वागत गरेको हो।

कार्यक्रम औपचारिक र संगितिक गरि दुइ सत्रमा भएको थियो कार्यक्रम सोसाईटीकी अध्यक्ष विमु लामा तामाङको अध्यक्षता भएको थियो तामाङ सहितका नेपालका विविधता झल्कने सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन सोसाइटीका उपाध्यक्ष पुष्प तामाङले गर्नु भएको थियो |  उहाले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो । कार्यक्रममा ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने तामाङ सेलो लगायत तामाङ सस्कृती झल्किने नृत्य तथा गितहरु प्रस्तुत गरिएको थियो | कार्यक्रमा स्वागत तथा शुभकामना मन्तव्य दिदै सोसाइटीकी अध्यक्ष बिमु लामा तामाङ ले सम्पुर्ण पर्थ बासीमा नया बर्ष ल्होछारको शुभकामना दिनु भएको थियो।

कार्यक्रमा एन आर एन ए आइसिसिका सहल्लाकार भैरब ढकाल ,एन आर  एन ए पश्चिम अष्ट्रेलिया का उप सम्योजक महेश लामा, नावाका अध्यक्ष चुरामणी लामिछाने लगायतका  अतिथिहरुले शुभकामना मन्तब्य गर्नुभएको थियो ।

साङ्गितिक तथा मनोरन्जनात्मक कार्यक्रमको सन्चालन कर्मा लामा तामाङले र प्रबिधिक पाटो राजेश मोक्तान तामाङले समाल्नु भएको थियो ।  साङ्गितिक तथा मनोरन्जनात्मक कार्यक्रमको ब्यबस्थापन सुनि योन्जन तामाङ गर्नुभएको थियो । कार्यक्रममा गायक रमेश गोम्जा, बिजय बोम्जन, सुर्य लामा , विल्सन मोक्तान साथै अन्य गायक गायिका ले आफ्नो प्रस्तुति दिएका थिए भने नृत्यकारहरु , निशा वाइबा, सन्ध्या लामा, बिकाश गुरुङ , समृध्दि योन्जन , रीका हमाल, रोशनि लामा लगायतको आकर्षक प्रस्तुति रहेको थियो । त्यसै गरी अन्य पुरस्कार हरु पनि बितरण भएको थियो भने फोटोग्राफी र भिडियो मा बि एन अष्ट्रेलिया ले साथ दिएका थिए ।

त्यसै गरी शेर्पा समाजका अध्यक्ष आङदावा शेर्पा , किरात समाजका अध्यक्ष धन राई , मगर समाजका अध्यक्ष टेक मगर ,नेपाली इन्जिनिर इन पश्चिम अष्ट्रेलियाका सल्लाहकार  नोबिन नकर्मी, युवा अध्यक्ष कुल अधिकारी ,अनेसास पर्थका अध्यक्ष रीजा प्रधान, ओएनएफ अष्ट्रेलिया का उप सचिब होमनाथ निरौला , एनआरएनए पश्चिम अष्ट्रेलियाका कोषाध्यक्ष सुमन सञ्जेल पर्थका समाजसेबीहरु एकराज साम्पाङ राई ,शुनिल श्रेष्ट लगाएत अन्य सामजिक व्यक्तिहरुको उपस्थित रहेको थियो |

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार १८:३४