प्रभु हेलिकप्टरले आइपीओ निष्कासन गर्ने
१३ माघ, काठमाडौँ । प्रभु हेलिकप्टर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन ४ गतेका लागि साधारणसभा बोलाएको छ ।
उक्त वार्षिक साधारण सभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । योसँगै प्रक्रिया अघि बढ्ने कप्मनीले जनाएको छ । साधारणसभामा कम्पनी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने लगायतका प्रस्तावहरु रहेका छन् ।
साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन पारित गर्नेछ । यसका साथै लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक पनि तोक्नेछ ।
प्रकाशित मिति : 11:42









