२६ चैत्र २०८१, मंगलवार | Tue Apr 8 2025

९ माघ, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियुको स्ववियु परिचालन विभागको आयोजनामा स्ववियु कप २०८१ सुरु भएको हो ।

सो संगठनका अध्यक्ष समिक बडालले आज नेपाल कमर्स क्याम्पस मिनभवनमा उदघाटन गरेका छन् । ३ दिन सम्म चल्ने प्रतियोगिता नक आउटमा खेलाउने स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन ।

सो प्रतियोगिता प्रथम हुने टिमले रु १ लाख ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफ्री , दोश्रो हुनेले १ लाख नगद सहित प्रमाणपत्र र ट्रफ्री र तेश्रो हुनेले ५० हजार सहित प्रमाणपत्र र ट्रफ्री पाउनेछन

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार २२:२१