६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता शेयर संस्थापकले नकिनेपछि अन्यका लागि खुला

७ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एनआईसी एशिया बैंकको नाममा रहेको ९८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापकहरूले किन्न नचाहेपछि अन्यका लागि बैंकले शेयर बिक्री खुला गरेको छ ।

dainiki.com

यो शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद प्रस्ताव गरेको थियो तर तोकिएको म्यादसम्म संस्थापकबाट आवेदन नपरेपछि अहिले अन्य व्यक्ति र संस्थाले खरिद गर्न पाउने गरी बिक्री खुला गरेको हो।

इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौं–१० बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा बुझाउनु पर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १७:३४