पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश
२५ पुस, काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ।
छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।
प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १८:०७