महुली लघुवित्तले लाभांश नदिने
२५ पुस, काठमाडाैँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले सञ्चालक समितिबाट पारित गन आर्थिक वर्षको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । महुलीले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।
प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार ११:१३