जस्मिन पेन्ट्सले आइपीओ निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेड आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएकाे छ ।
प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:३६