२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

७ म्याग्निच्यूडको भूकम्पपछि फेसबुकमा प्रधानमन्त्रीः सबै सतर्क रहनु होला

२४ पुस, काठमाडौँ । ७ म्याग्निच्यूडको भूकम्पले आधा नेपाल हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन अनुरोध गर्नुभएको छ । मंगलबार बिहान भूकम्पकको धक्काको २५ मिनेटपछि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले  सतर्क र सुरक्षित रहन अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘शुभ बिहानी ! हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको ७ म्याग्निच्यूडको धक्का महशुष गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्र तिब्बेतको दिन्ग्ये काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पका कारण काठमाडौँसहित अधिकांश पूर्वी पाहडका जिल्लामा भागदौड नै चलेको थियो ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०७:५३