२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

एकाबिहानै ७ म्याग्निच्यूडको भूकम्पको धक्काले आधा नेपाल हल्लायो

२३ पुस, काठमाडौँ । भूकम्पको शक्तिशाली झड्का कारण एकाबिहानै आधा नेपालको जमिन हल्लिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महशुष गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्र तिब्बेतको दिन्ग्ये काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पका कारण काठमाडौँसहित अधिकांश पूर्वी पाहडका जिल्लामा भागदौड नै चलेको थियो ।

धेरै समयपछि काठमाडौँ उपत्यकाका नागरिक समेत भूकम्प्का कारण मंगलबार बिहान सडकमा निस्किएका छन । भूकम्पको क्षतिको बिबरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ०७:२०