सामान्य अंकले बढ्यो सेयर बजार, साढे ४ अर्बको कारोबार
१८ पुस, काठमाडौँ । सेयर बजार सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ४ दशलमव ६३ अंकले बढेर २५८६ विन्दु कायम भएको छ । आज १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।
३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ ।
यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । न्यादी हाइड्रोको २० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन न्यादी हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १५:४९