१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

–शम्भु गजुरेल अज्ञानी

खेती झुटको हुर्कदो छ, हलक्क
जिउ पातकी को पर्दै छ सलक्क
छमछम नाच्ने लुटेरा भण्डार बिच
खोट लाउने हरु टिक्दैनन नजिक!

धान झुल्ने खेत, बन्जर भएका
पाहाड फोर्ने हात खाडी गएका
चर्को मोल ओखती मल बिउको
निर्यात सुलभ छ बलिया जिउको!

घर घर खोज्छन बलिया जवान
दलालले घडेरीको गरे झै बखान
बिद्वान खेदिन्छन बहाना बनाइ
अवसर मा चम्चाको घेरो सजाई!

सत्ता चढाउने भरिया भो जनता
कोहि छैन बुझ्ने बेदना यी मनका
छली र सुरा झन मुढ बाहुबलका
अति योग्य सदस्य हुन्छन दलका!

गोडमेल गर्ने बबुरा माली खेताला
फल पाक्दा व्यापारी को बोलवाला
कि छ कैदि मन्त्री कि छ ज्यानमारा
व्यापारी छ सत्तामा खोइ? सर्वहारा !!

मुक्ति का योद्धाहरु मुग्लान भासिने
जवानीको जोश क्रान्तिमा नासिने
जस्को विरुद्ध मा क्रान्ति गरियो
शक्ति केन्द्रहरु त इत्तरले नै भरियो!

डाक्टर सिडनी मा लन्डन छ बुद्धि
ओसलो मा इन्जिनियर याहा कुबुद्दी
नासा गए बैज्ञानिक कपटी यता छन
हरतरफ ब्यभिचार को बिगबिगी झन!

ब्यासमा शास्त्र को प्रवचन सुनाइ
कुकर्म मा लिप्त छन मदमा नुहाइ
साधु जटामा भांङ्ग बोकि हिड्छन
सुकिला गुरुले सालिग्राम समेट्छन

कोहि छन हिन्दु मुस्लिम छन कोहि
इसाइ हरुका भारदार छन कोहि
जाती अनेकौ छन भाषा धेरै छन
भेटिन्नन नेपाली सदस्य धेरै छन!

राजा होस वा नेता पार्टी र धर्म
प्रपन्च रचेर गर्छन सदा कुकर्म
हेरेर ल्याउदा इतिहास याहाको
पाइन्न सज्जन ले सत्ता चलाको!!

 

प्रकाशित मिति : December 31, 2018 at 10:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/