२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कुखुराको खोरमा रामेछापको मालपोत कार्यालय, प्रमुख बद्रीराज ढकाल आफैँ पाल्छन कुखुरा


१६ पुस, काठमाडाैँ । मालपोत कार्यालय रामेछाप कुखुराको खोरमा परिणत भएको छ । कार्यालयमा कुखुरा पालेपछि कार्यालय नै कुखुराको खोरमा परिणत भएको हो । मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएको अाजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गर्दै अाएका छन । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि बनेका छन ।

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ०८:४८