११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

११ पुस, काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंक माथि राष्ट्र बैंकले कब्जा जमाएसँगै सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । हाल कर्णाली डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ८१० रुपैयाँमा कारोबार भैरहेको थियो ।

कर्णाली डेभलपमेन्ट बैकलाई राष्ट्र बैंकले समस्याग्रस्त बैकको रुपमा घोषणा गरेको भन्दै अर्को व्यवस्था नहुन्जेल नेप्सेले कारोबार रोक्का गर्ने निर्णय गरेको हो । कर्णालीको खराब कर्जा नै ४० प्रतिशत माथी पुगेपछि राष्ट्र बैंकले केहि दिन अघि निक्षेप नउठाउन बैंकलाई पत्राचार गरेको थियो । बुधबार राष्ट्र बैंकले कर्णालीलाई समस्याग्रस्त बैंक घोषणा गर्दै व्यवस्थापनमा आफ्ना कर्मचारी खटाएको छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १०:५५