११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

११ पुस, काठमाडौंँ । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले जानकारी दिनुभयो ।

उहाँले निजको अवस्था सामान्य रहेको बताउनुभयो । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिनुभयो ।

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०९:४७