एक अर्बको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रुपमा निष्काशन
७ पुस, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन भएको छ ।
आजै आइतबारदेखि योजनाको सार्वजनिक रुपमा निष्काशन गरिएको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिनुभयो । यो बन्दमुखी योजना रहेको छ । पहिलो चरणमा दश कारोड इकाई सार्वजनिक गरिएको र प्रति इकाईको मूल्य १० रुपैयाँ रहेको गरिमा क्यापिटलले जनाएको छ । यो योजनाको अवधि १० वर्षको रहेको छ । यस योजनाका बिक्री बन्द चाँँडोमा पुस ११ र ढिलोमा पुस २१ गते हुनेछ ।
निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट रहेको छ । इकाई खरीदका लागि लगानीकर्ताहरुले मेरोशेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु मार्फत आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्काशन भएको गरिमा समृद्धि योजनाको संक्षिप्त जानकारी यस्तो रहेको छ ।
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १२:२६