२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

महिला यू–१९ एसिया कप क्रिकेट: नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

५ पुस, काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बाहिरिएको छ । शुक्रबार भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।

वर्षाले गर्दा ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । उधपी, तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न नसक्दा बाहिरिन पुग्यो ।

नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रन आउट भए ।

त्यस्तै सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले भने ११ बलमा ९ रन मात्रै जोड्न सकिन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित बनाएको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १५:३६