गरिमा विकास बैंकद्धारा लाभांश घोषणा
५ पुस, काठमाडौँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । यो वर्ष बैंकले नगद लाभांश मात्रै दिने भएको छ । पुस ५ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले अघिल्लो आवको मुनाफाबाट भने ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो ।
प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १५:४०