नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
५ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत शुक्रबार भएको सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण प्रभावित भएको खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।
प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १४:४९