नेप्सेमा एक बैंकको सेयर मूल्य समायोजन
४ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जमा एक बैंककाे सेयर मूल्य समायोजन भएको छ । बिहिबार नेप्सेमा नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको हाे ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ३.८० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य रू ४२५ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य रू ४४२ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको सेयर आगामी आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १९:३१