२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

४ पुस, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ।

बुधबार ४ अर्ब २७ करोडको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएको छ।

बिहीबार २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ को घटेको  भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः तीन हजार ३२७ रूपैयाँ ५० पैसा कायम भएको छ।

सामुदायिक लघुवित्तको मूल्य ७.९६ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.२१ प्रतिशतले घटेको छ।

यस कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०१ रूपैयाँमा झरेको छ।

दोस्रोमा माया खोला हाइड्रोपावरको मूल्य ६.६३ प्रतिशतले घटेको छ ।

बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९१४ रूपैयाँ ४० पैसामा १७ करोड ६० लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८१ रूपैयाँमा ११ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहिबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : 15:49