४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

सर्वोत्तम सिमेन्टद्धारा लाभांश घोषणा

४ पुस, काठमाडौँ । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि साधारणसभा आयोजना गर्ने भएको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । त्यसकारण पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार ११:४६