३ पुष २०८१, बुधबार | Wed Dec 18 2024

त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

३ पुस, काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो ।

बुधबार सिंहदरबारमा समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले त्रिविको प्रतिवेदन सार्वजनिक हुनुपर्ने भन्दै सार्वजनिक गर्नु पूर्व समितिले जानकारी पाउनुपर्ने पनि बताए । साथै प्रतिवेदनमा केही कमी कमजोरीहरू भए समितिले अध्ययन गर्ने समेत बताए ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १४:०८