६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सौगात मल्ल स्टारर ‘बम बहादुर’ लाई न्यून शो

३ पुस, काठमाडौँ । शुक्रबारदेखि प्रदर्शन हुने सौगात मल्ल अभिनीत ‘बम बहादुर’ को केही मल्टिप्लेक्स हलहरूले अग्रिम बुकिङ खुलाएका छन्। यो फिल्मलाई क्युएफएक्स लगायतका मल्टिप्लेक्सले न्यून शो दिएका छन्।

आईएनआई, बिग मुभिज लगायतले भने बुधबार बिहानसम्म पनि बुकिङ खुलाएका छैनन्।क्युएफएक्सले काठमाडौंभित्र फिल्मलाई जम्मा ४ शो मात्र दिएको छ भने वान सिनेमाजले पनि ४ शो मात्र दिएको छ।

उक्त फिल्म जोन राईले लेखन तथा निर्देशन गरेका हुन्। सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई यस फिल्ममार्फत उतारेको छ। फिल्ममा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटीको अभिनय छ ।

प्रकाशित मिति : December 18, 2024 at 1:12 pm