२ पुष २०८१, मंगलवार | Tue Dec 17 2024

दुई दिनको उच्च गिरावटपछि सेयर बजार २.९५ अंकले बढ्यो

२ मंसिर, काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको वृद्धि भयो । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मंगलबार अन्तिम समयमा २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

सोमबार ५ अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ।

मंगलबार ११७ कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७५० रूपैयाँ कायम भएको छ।

त्यस्तै, जानकी फाइनान्सको मूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रूपैयाँ ९० पैसा पुगेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

दोस्रोमा आरबिबी म्युचुअल फण्ड–२ को मूल्य ५.४८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३१ पैसा कायम भएको छ।

मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८७९ रूपैयाँ ९० पैसामा २२ करोड २४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६७ रूपैयाँ ८० पैसामा १५ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने पाँच वटाको घटेको छ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १५:४८