मेरो माइक्रोफाइनान्सद्धारा लाभांश घोषणा
२ पुस, काठमाडाैँ । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जस अनुसार संस्थाले कुल ७.८९४ प्रतिशत लाभांश दिने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १३:०२