२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

डिसेम्वर २० मा एडिलेडमा उधौली पर्व मनाईदै

एडिलेड । किरात सोसाइटी अफ साउथ अष्ट्रेलियाको आयोजनमा एडिलेडमा खास गरि पुर्वी नेपालको महत्वपुर्ण पर्व उधौली पर्व मनाईने भएको छ।

किरात सोसाईटी साउथ अस्ट्रेलियाका अध्यक्ष नवीन काङ्बाङका अनुसार डिसेम्बर २०, शुक्रबार दिउँसो १२ बजेदेखि स्थानिय अक्ल्याण्ड पार्कमा कार्यक्रम सुरु हुने भएको छ 

मार्ग शुक्ल पूर्णिमाकामा पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउने गर्दछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । 

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने परम्परा रहेको छ ।

एडिलेडमा आयोजित कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै किरात सोसाईटी साउथ अष्ट्रेलिया अध्यक्ष काङ्बाङले प्रवासमा संस्कृति जोगाउदै नया पुस्तालाइ जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले परदेशमा आफ्नो संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

सोसाइटीका अगुवा विनोद बान्तवाले उधौली पर्व भनेको प्रकृतीको पुजा भएको बताए उनले किराती समुदाय प्रकृति पुजक भएको बताए ।

परम्परागत रुपमा भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय भेषभुषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्ने गर्छन् ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले मार्ग शुक्ल पूर्णिमा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने अगुवा राईले बताए । उनले यसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास समेत रहेको अगुवा बान्तवाले बताए । यी दुवै पर्वलाई किराँत समुदायको मुख्य पर्व हुन ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १८:००