२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

२४ मंसिर, काठमाडौं ।अर्थ मन्त्रालयमा सोमबार बिहान उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता  भएको छ । उक्त भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए । साथै विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपले समस्यामा परेपनि नेपाल भने आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको बताए ।

यधपी,अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको पनि बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ११:२८