२५ पुष २०८१, बिहीबार | Thu Jan 9 2025

विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने

२१ मंसिर, काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ११:३३