प्रधानमन्त्री ओलीको चीन भ्रमणः १२ बुँदे संयुक्त विज्ञप्ति जारी (विज्ञप्तिको पूर्णपाठसहित)
१९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन । विज्ञप्ति हेर्दा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणलाई नेपालको हितमा अधिकतमा उपयोग गर्ने प्रयास गरेको देखिएको छ । नेपाल र चीन बीच बहुप्रतिपक्षीत ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा संयुक्त हस्ताक्षर समेत भएको छ ।
दुबै देशको संयुक्त विज्ञप्तिमा आर्थिक, भौतिक एवम् सांस्कृतिक सम्बन्ध लगायत विभिन्न द्विपक्षीय मामिलामा भएका समझदारीका विषय उल्लेख गरिएका छन । हलैका वर्षमा दुई देशका नेताहरूको रणनीतिक र दूरदर्शी मार्गदर्शनमा चीन र नेपालले सबै तहमा घनिष्ठ आदानप्रदान र व्यवहारिक सहयोगका फलदायी नतिजाहरू देखिएको र यसले दुई देशका जनताका लागि ठोस लाभहरू ल्याएको विज्ञप्तिमा दाबी गरिएको छ ।
नेपालले जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी मान्यता दिँदै एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धतालाई पुनःपुष्टि गरेको पनि लेखिएको छ । भेटवार्ता क्रममा दुवै पक्षले आ-आफ्ना प्रमुख चासो र प्रमुख सरोकारहरू समावेश भएका मुद्दाहरूमा एकअर्कालाई आफ्नो दृढ समर्थन पुनः पुष्टि गरेका वक्तव्यमा उल्लेख छ ।
दुवै पक्ष संयुक्त रूपमा सञ्चालित कार्यक्रमहरू, परियोजनाहरू र गतिविधिहरूको समापनका साथै हस्ताक्षर गरिएका सम्झौताहरू, सहमति भएका र गरिएका निर्णयहरूको समयमै र द्रुत कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन् । दुवै पक्षले आ-आफ्ना विकास रणनीतिहरूको तालमेललाई बलियो बनाउन र अझ गहिरो र अझ ठोस उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई पछ्याउन सहमत भएका वक्तव्यमा जनाएको छ । विज्ञप्तिको पूर्णपाठ तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १४:४३