१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

प्रधानमन्त्रीको चीन भ्रमणः बहुप्रतिक्षित बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर

१९ मंसिर, काठमाडौँ । नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा संयुक्त हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक प्रकाश सिलवालले केहीबेर अघि नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको छ ।

बीआरआई कार्यान्वयन योजना चीनले प्रस्ताव गरेपछि नेपालले संशोधनसहित ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ को नाममा प्रस्ताव अघि बढाएको थियो । यद्यपी नेपालले संशोधन गरेको केही बुँदामा पनि द्धिपक्षीय सहमतिबाट केही बुँदा संशोधनसहित हस्ताक्षर भएको बुझिएको छ । तीन दिने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली बेइजिङमा हुनुहुन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १३:३२