प्रधानमन्त्री ओलीको चीन भ्रमणः १२ बुँदे संयुक्त विज्ञप्ति जारी
१९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन । विज्ञप्ति हेर्दा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणलाई नेपालको हितमा अधिकतमा उपयोग गर्ने प्रयास गरेको देखिएको छ । नेपाल र चीन बीच बहुप्रतिपक्षीत ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा संयुक्त हस्ताक्षर समेत भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा एक(एक आयोजना निर्माण गरिदिन समेत आग्रह गरिएको कुरा उल्लेख छ । झापाको दामक र डडेलधुराको अमरगढीमा एक एक परियोजना र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको काम अगाडि बढाउन नेपाली पक्षले चीनसँग आग्रह गरेको हो ।
नेपालले चिनियाँ सरकारलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको काम अगाडि बढाउन, झापाको दमकमा स्पोर्टस् एकेडेमी र डडेलधुरामा अमरगढी सिटी हल बनाउन आग्रह गरेको कुरा विज्ञप्तिको ५ नम्बर बुँदाको अन्तिम प्यारामा उल्लेख गरिएको छ ।
(यसअघिको शीर्षक संशोधन गरिएको छ । सम्पादक)
प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १२:३२