१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मोहमद ताहिर मुसलमान विजयी

१७ मंसिर, काठमाडाैँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । आइतबार समपन्न आमनिर्वाचनमा उहाँले एक हजार एक सय ५० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गर्नुभयो । साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१ मत पाउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाउनुभयो ।

साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत पाउनुभयो । यसअघि यस वडा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०४:३९