२७४८.०५ अंकमा झर्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
१३ मंसिर, काठमाडौं । बिहीबार नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा बन्द भएको छ।
बिहीबार बजार घट्दा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ५४ करोडको कारोबार भएको छ ।
बिहीबार ५० कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ ।
यस दिन विशाल बजार र विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ४४५ रूपैयाँ र दुई हजार ८५४ रूपैयाँ ५० पैसा कायम भएको छ।
मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।
पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानाकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।
अपर स्याङ्गे हाइड्रोपावरको ८.६ र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १५:३७